बुधबार महिलालाई प्रदेश २ मा सार्वजनिक विदा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बुधबार महिलालाई प्रदेश २ मा सार्वजनिक विदा


११ आश्विन २०७८, सोमबार


जनकपुरधाम । प्रदेश २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिएको छ । मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने बताएका हुन् ।

सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरोस् भनी मुख्यमन्त्रीले शुभकामना दिएका छन् ।

जितिया पर्व सोमबारदेखि शुरु भएको छ । मंगलबार बिहानीपख आँगनमा घिरौलाको पातमा दही र केरा चढाएपछि यो ब्रत शुरु हुन्छ । यो ब्रत शुरु भएपछि महिलाहरु निराहार रहने गर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस