चितुवाले खोरभित्र बाँधिएका २३ बाख्रा मार्‍यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चितुवाले खोरभित्र बाँधिएका २३ बाख्रा मार्‍यो


११ आश्विन २०७८, सोमबार


बर्दिया । गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रा पालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए ।

नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा मारेको पौडेलले बताए । सूचना प्राप्त भए लगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृतावस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस