अर्थमन्त्री शर्मालाई एमाले सांसदको प्रश्न : कालोधनलाई सेतो बनाउने कस्तो क्रान्तिकारी तरिका हो ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्री शर्मालाई एमाले सांसदको प्रश्न : कालोधनलाई सेतो बनाउने कस्तो क्रान्तिकारी तरिका हो ?


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालो धनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै विरोध गरेका छन् ।

आज (सोमबार) राष्ट्रिय सभामा समय लिएर बोल्दै गुरुङले प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, सेवा प्रदायकले पछिल्लो तीन वर्षको आयकर फागुनभित्र बुझाउँदा तीन वर्ष अगाडिको कर मिनाहा हुने प्रावधान रहेको र त्यो आपत्तिजनक रहेको बताए।

उनले थपे, ‘अर्थमन्त्री बडा क्रान्तिकारी नेता हुनुहुन्छ । उहाँलाई सोध्न चाहन्छु-यो कालो धनलाई दिनदहाडै सेतो पार्ने कुरा कहाँको क्रान्तिकारी हो ? कुन श्रमजीवी जनताको हितको लागि यो सहुलियत दिइँदै छ ? कुन राष्ट्रिय उद्योगपतिको लागि यो सहुलियत दिइँदै छ ?’

अध्यादेशको प्रतिस्थापन विधेयकका प्रावधानमाथि प्रश्न उठाए पनि एमाले सांसदहरुले बजेटसँग सम्बन्धित विधेयकहरुमाथिको कुनै पनि छलफलमा भने भाग लिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस