सुनको मूल्य तीन सयले बढ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य तीन सयले बढ्यो


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला ८८ हजार ५५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला १० ले बढेको छ । आइतबार प्रतितोला एक हजार १५० मा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार १६० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५९ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस