राष्ट्रिय सभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा (एमाले) को विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।

आज (सोमबार) बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताए ।

तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथिको दफाबार छलफल अगाडि बढाए । दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । र सभाले दुवै विधेयक बहुमतले पारित गर्‍यो ।

दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ।

अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको सन्देश पेस हुनेछ । र प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणीकरण भएपछि कार्यान्वयनमा जान्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस