माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


११ आश्विन २०७८, सोमबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने नेता गणेश साहले जानकारी दिए ।

माओवादी केन्द्रका अर्का एक नेताले भने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउनेबारे छलफल हुने बताए ।

यसअघि हिजो(आइतबार) बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको थियो । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझै पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली छिटो दिन नेताहरुलाई आग्रह पनि गरेका थिए । सत्ता गठबन्धनका नेताहरुले राजनीतिक दल सम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस