काठमाडौँमा आजबाट १८ वर्षमाथिका सबैलाई खोप दिइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा आजबाट १८ वर्षमाथिका सबैलाई खोप दिइने


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । काठमाडौँ जिल्लामा आज (सोमबार) बाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काका अनुसार तीन दिनसम्म चल्ने खोप कार्यक्रममा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइनेछ ।

खोप प्रदान गर्न काठमाडौँका ११ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

काठमाडौँका वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति गृह, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल पानीपोखरी र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप केन्द्र तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस