अफगानिस्तानमा खाद्यान्नको मूल्यवृद्धि, खाद्यान्न अभाव हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अफगानिस्तानमा खाद्यान्नको मूल्यवृद्धि, खाद्यान्न अभाव हुँदै


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । तालिबानले सत्ता हत्याएपछि अफगानिस्तानका जनताले महँगीको मार खेप्नु परेको छ । अफगानिस्तानमा खाद्यान्नको मूल्य दिन प्रतिदिन बढ्दै गएपछि खाद्यान्न सङ्कट समेत हुन थालेको छ ।

खाद्यान्नमा ३० प्रतिशत र तरकारीको ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा पनि २० प्रतिशतले वृद्धि गरिएपछि अफगानी जनता थप मारमा परेका छन् ।

राजधानी काबुललगायत अन्य सहरहरूमा खाद्यान्न किन्नेको भीड लाग्ने गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि यातायात व्यावसायीहरुले पनि भाउ बढाउनु पर्ने माग गर्दै आएका छन् ।

अफगानिस्तानमा राष्ट्रिय परिचय पत्रको आधारमा खाद्यान्नमा छुट दिइने गरेकोमा तालिबानले सो नियम पनि खारेज गर्ने तयारी गरेकोले त्यहाँका जनतामा असन्तुष्टि बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस