परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबिच भेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबिच भेट


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षीबिच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका मन्त्री खड्काले भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

भारतीय विदेश मन्त्री जयशंकरले ट्विट गर्दै दुई देशबिचको विशेष सम्बन्धलाई मिलेर अगाडि बढाउन सहमत भएको बताएका छन् । 

“हाम्रो विशेष सम्बन्धलाई अगाडि बढाउन हामीले घनिष्ठ रूपमा मिलेर काम गर्नुपर्छ”, उनले भनेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस