डोटीका नौवटै स्थानीय तहमा काँग्रेस अधिवेशन सम्पन्न « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीका नौवटै स्थानीय तहमा काँग्रेस अधिवेशन सम्पन्न


१० आश्विन २०७८, आइतबार


डोटी । सत्तारुढ दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् ।

शनिबार र आज सम्पन्न भएका यहाँका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ । जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर खड्का, सायल गाउँपालिकामा तेजराज ओझा र आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा सभापति रहेका छन् ।

केआइसिंह गाउँपालिमा अर्जुनबहादुर बलायर, जोरायल गाउँपालिकामा मोहनराज मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी तथा आज भएको निर्वाचनबाट बोगटान फुड्सिल गाउँपालिकामा खडकसिंह बोहरा विजयी भएका छन् ।

जोशी वीरेन्द्र कोड्केनीलाई पराजित गरी मतदानबाट विजयी भएका हुन् भने बोहरा बोगटान फुडसिल गाउँपालिकामा शेरबहादुर बम र चक्र केसीलाई पराविजत गरी बिजयी भएका काँग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।

नौवटै पालिकामा सौर्हादपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको काँग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले बताए । उनले भने, ‘सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएका छन् ।’ यसअघि जिल्लाका ६५ वडामध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । जिल्लाका सायल गाउँपालिका वडा नं १ र ५ तथा जोरायल गाउँपालिका–३ मा वडामा निर्वाचन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस