टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्युपछि स्थानीयले लगाए टिरपमा आगो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्युपछि स्थानीयले लगाए टिरपमा आगो


१० आश्विन २०७८, आइतबार


जनकपुरधाम । टिरपको ठक्करले जनकपुरधाममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ठक्कर दिने टिपरमा स्थानीयले आगो लगाएका छन् ।

जनकपुरधाममबाट ढल्केबरतर्फ जाँदै गरेको ना।७ख ४६४८ नम्बरको टिपरले पिडारी चोकमा भारतीय नागरिक सबार ज ९ प १४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त ठक्करले भारतको बिहार राज्य अन्तर्गत मुजफ्रपुर जिल्ला साहेबगंज निवासी अन्दाजी ४० बर्षीय आनन्दकिशोर साहको मृत्यु भएको छ ।

ठक्करले गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपरका चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस