सरकारलाई बुझायो नेपाल–चीन सीमा निरीक्षण टोलीले प्रतिवेदन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारलाई बुझायो नेपाल–चीन सीमा निरीक्षण टोलीले प्रतिवेदन


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाल चीन सीमा क्षेत्रको अध्ययन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाँणलाई आइतबार प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै खाँणले समितिका सुझाव सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘तपाईँहरुले स्थलगत अध्ययन गरी हुम्लाको हिल्सादेखि लिमीसम्मको सीमाबारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बुझाउनुभएको छ । यसले मुलुकका लागि अन्य स्थानमा रहेका सीमा बारे पनि अध्ययन गर्न बाटो खुलेको छ । अध्ययनका क्रममा समितिले औंल्याएका विषय कार्यान्वय गर्न सरकारले पहल गर्नेछ ।’

सहसचिव आचार्यको संयोजकत्वमा दुई साताअघि गृह मन्त्रालयले नापी विभागका उप महानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक किशोर श्रेष्ठ सम्मिलित ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस