मणिपाल कलेज खरिदबिक्रीको सम्झौतापत्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मणिपाल कलेज खरिदबिक्रीको सम्झौतापत्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । संसदीय समितिले पोखरास्थित मणिपाल मेडिकल कलेज खरिदबिक्रीको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेज खरिदबिक्री भएको हो वा होइन स्पष्ट जवाफ दिन सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले यथाशीघ्र सम्झौता पत्र उपलब्ध गराउन आग्रह गरिन् । समिति सदस्य खगराज अधिकारीले सेयर बेच्ने अधिकार मणीपाललाई नभएको समेत बताए ।

सम्झौता शिक्षा मन्त्रालयबाट भएको भन्दै शिक्षा मन्त्रालय पञ्छिन नमिल्ने बताइएको छ । शिक्षा मन्त्रालयका सहसचिव डा। हरी लम्सालले मणीपाल मेडिकल कलेज विदेशी लगानीमा सञ्चालित मेडिकल कलेज भएको भन्दै सन् १९९२ मा ५० वर्षका लागि सरकारसँग सम्झौता भएको जानकारी दिए ।

४९ वर्षपछि सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौताविपरित मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले कास्कीको पोखरामा सञ्चालित मणिपाल शिक्षण अस्पताल निजी क्षेत्रलाई बिक्री गरेको विषय बाहिर आएपछि संसदीय समितिले चासो दिएको हो ।

भारतीय कम्पनी मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले बापो (बतास–पौडेल) होल्डिङसलाई मेडिकल कलेज बिक्री गरेको भनिएपनि बिक्री गर्दा सरकारले चासो लिएको छैन ।

नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो । पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेको बताइएको छ । मणिपालले ९ सय शैयाको अस्पतालको अनुमति पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस