ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वलको शव ललितपुरमा भेटियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वलको शव ललितपुरमा भेटियो


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । काठमाडौँको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।

ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए।

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी अनुसन्धानका क्रममा शव बालक उज्ज्वलको भएको खुलेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस