सल्यानका स्थानीय तहमा देउवा र पौडेल समूहको बराबर नेतृत्व « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सल्यानका स्थानीय तहमा देउवा र पौडेल समूहको बराबर नेतृत्व


१० आश्विन २०७८, आइतबार


सल्यान । नेपाली काँग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत सल्यानमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पाँच/पाँच स्थानीय तहमा नेतृत्व लिएको छ।

हिजो (शनिबार) सम्पन्न अधिवेशनमा १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा सर्वसम्मत भएको थियो। बाँकी आठमा स्थानीय तहमा चुनाव भएको थियो।

सर्वसम्मतबाट विजयी हुनेमा त्रिवेणी गाउँपालिकामा गंगाराम पुन देउवा समूहका का हुन्। सिद्ध कुमाखमा सहमतिमा सभापति भएका वीरबहादुर बुढाथोकी पौडेल समूहका हुन्।

यस्तै, चुनावबाट बनगाड कुपिण्डे नगरपालिका सभापतिमा पुरुषोत्तम आचार्य, बागचौर नगरपालिका सभापतिमा दिपेश डिसी, छत्रेश्वरी गाउँपालिका सभापतिमा सीता केसी र कुमाख गाउँपालिका सभापतिमा ईश्वरी शाही निर्वाचित भएका छन्। उनीहरु देउवा समूहका हुन्।

यस्तै, शारदा नगरपालिका सभापतिमा दीपक हमाल, कपुरकोट गाउँपालिका सभापतिमा एगराज वली, कालिमाटी गाउँपालिका सभापतिमा गणेश केसी र दार्मा गाउँपालिका सभापतिमा कृष्ण वली निर्वाचित भएका छन्। उनीहरु पौडेल समूहका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस