काँग्रेस पोखरा महानगरमा विजुक्छे निर्वाचित « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस पोखरा महानगरमा विजुक्छे निर्वाचित


१० आश्विन २०७८, आइतबार


पोखरा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन्।

महानगर सभापतिमा छ जनाको उम्मेदवारी भए पनि गंगाधर पराजुली र उनलाई कडा प्रतिद्वन्द्वी मानिएको थियो। उनले आफ्नो प्रतिद्वन्द्वी पराजुलीलाई पछि पार्दै ४ सय १४ मत ल्याएर विजय हासिल गरेका हुन्।

उनका प्रतिस्पर्धी पराजुलीले ३ सय ४६ मत ल्याएका छन्।

सभापतिमा निर्वाचित विजुक्छे यसअघि महानगरको उपसभापतिमा थिए। उनी पोखरा उद्योग वाणिज्य सङ्घको महासचिव समेत हुन् । पोखरा महानगरमा रहेको कुल १३ सय ६० मतमा जम्मा १३ सय ४४ मत खसेको थियो।

यस्तै यता उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन्। भण्डारीले ५ सय ६९ मत र बरालले ४ सय ६४ मत प्राप्त गरेका छन्।

त्यस्तै सचिवमा टुवराज बाँस्तोला ८ सय ५८ मत र गणेशबहादुर थापा ७ सय ८४ मतका साथ विजयी भएका छन् भने सहसचिवमा सङ्घर्ष कोइराला ५ सय ८० र सञ्जय आलेले ५ सय ६५ मत प्राप्त गरि विजयी भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस