नेपाली काँग्रेस : थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली काँग्रेस : थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले हिजो (शनिबार) साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुङ्ग्याउने काम भइरहेको काँग्रेसले जनाएको छ ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले क्रियाशील सदस्यता विवाद टुङ्ग्याए पनि कार्यान्वयनमा सहमति जुट्न नसकेको हो ।

प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी छ । क्रियाशील सदस्यता टुङ्ग्याउन काँग्रेस नेताहरु रमेश लेखक र डा। मिनेन्द्र रिजाल छलफलमा छन् ।

काँग्रेसमा ६४ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन सुरु भइसकेको छ । शनिबार करिब ५४ जिल्लामा पालिका अधिवेशन सम्पन्न भएको छ ।

वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा दसैँ अघि नै अधिवेशन प्रक्रिया सुरु गर्ने काँग्रेसले जनाएको छ । हिमाली जिल्लामा महाधिवेशन कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लामा दसैँपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने काँग्रेसले निर्णय गरिसकेको छ ।

काँग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९–१३ सम्म काठमाडौँमा गर्ने निर्णय गरिएको छ । तर यो कार्यतालिका प्रभावित हुने आशङ्का छ ।

Tags :
प्रतिक्रिया दिनुहोस