केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : माधव नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : माधव नेपाल


९ आश्विन २०७८, शनिबार


हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

शनिबार हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोदन गर्दै उनले केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘यो गठबन्धन दीगो रुपमा अघि बढ्छ,’उनले भने,‘सरकारले पूर्णता पाएपछि हामी पाँच दलको गठबन्धलाई अघि बढाउनेछौं । त्यो गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्छ । हामीले अब जनताका लागि काम गर्छौं ।’ उनले कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एस) र जनमोर्चा सम्मिलित गठबन्धन वडा तहसम्म समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए ।

नेता नेपालले सुदूरपश्चिम, कर्णाली र प्रदेश २ मा एमालेभन्दा आफ्नो पार्टी अगाडि रहेको भन्दै वाग्मती र प्रदेश १ मा छिट्टै गठबन्धनको सरकार बन्ने बताए । ‘केही दिनभित्रै गठबन्धनको सरकार वाग्मती र प्रदेश १ मा बन्नेछ,’ उनले भने,‘यो सरकारले जनताको लागि काम गर्नेछ । हामीले जनताका लागि काम गर्न भनेर नै नयाँ पार्टी खोलेका हौं ।’ हाल बागमती र प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार छ ।

भेलालाई नेकपा (एस) स्थायी कमिटी सदस्य विरोध खतिवडा र जिल्ला अध्यक्ष श्रीधर पोखरेललगायतले सम्बोधन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस