कर्मयोगी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मयोगी


९ आश्विन २०७८, शनिबार


उ त कर्मठ कर्म योगी
उ हठ्ठि इमान्दार
उसको आफ्नै काइदा कानून स्वाभीमानिताको, मानवताको
स्वछन्दतावादि उ दयालु अनि न्यायप्रेमि
र त अटाउदैन कहि पनि

उ त सरल, सरस सिधा मान्छे
नाटक मञ्चन गर्न काहाँ जानोस्
उ त कर्मठ कर्म योगी
उसलाई लप्पनझप्पन कहाँ आओस्
स्वतन्त्र उड्ने तैपनि जिम्मेवारी कर्तव्यवाट नभाग्ने
उ त सरल, सरस सिधा हठ्ठि कर्मठ कर्म योगी

कर्म उसको सर्वोपरि
दया, माया, करुणा र सत्मार्ग उसको धर्म सरी
वुझ्छ सबैको कुरा, पिर मर्का
तर पनि वुझ्दैनन् कसैले उसको मनको कथा
छ सवैको भावनाको कदर उसलाई

आफैँमा खुसी उ
आफैँमा रमाउने मान्छे
विडम्वना ।।
विधिले लेखेको भाग्य मेट्न सक्दैन उ
केहि परिधि नाग्न सक्दैन उ

जिन्दगीलाई खोज्दा खोज्दै
जिन्दगीको मझधारमा उभिएको छ ।
वुझ्ने वुझाउने खेलमा
आधि उमेर काटिसके छ ।

भुगोल वाट पृथक उ कर्मठ कर्म योगी
अरुको तालमा नाच्न जान्दैन
त्यसैले त पाखण्डिहरुको जमातमा अट्दैन उ
उ त कर्मठ कर्म योगी
उ हठ्ठि इमान्दार
उसको आफ्नै काइदा कानून स्वाभीमानिताको, मानवताको

Tags :
प्रतिक्रिया दिनुहोस