‘मान्छे’ प्रकृतिको जटिल सृजना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘मान्छे’ प्रकृतिको जटिल सृजना


९ आश्विन २०७८, शनिबार


मनको शुद्धता जोख्ने तराजु हुने भए,
के हुन्थ्यो होला मान्छेको हाल !
आफैलाई जोखेर हेरौ त एक पल।

इमान्दारीता नाप्ने औजार हुँदोहो त,
कति ‍उदाङ्गो देखिँदो हो मान्छे !
अनुमान गरौ त एकपल ।
चरित्र देखिने ऐना हुँदो हो त,
के सहजै अगाडि उभिदो हो मान्छे ?
मन भित्रको कुरा नवोलिकन,
अर्कोले जान्न सक्ने भए,
यो दुनियाको के अस्तित्व हुन्थ्यो ,
अड्कल गरौँ त एकपल ।

कति जटिल छ है मान्छे !
अनि कति रहस्यात्मक छन् मान्छेका सम्वन्धहरु,
अनि कति कलुषित छन् मान्छेका स्वार्थहरु ।।

उति नै जटिल प्रकृतिको सृजना पनि,
सृष्टि आफै गर्छ प्रकृति,
त्यसमा आफै जटिलता थप्छ प्रकृति।।।

प्रतिक्रिया दिनुहोस