सहसचिवदेखि श्रेस्तेदार सम्मका २७५ कर्मचारीको सरुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सहसचिवदेखि श्रेस्तेदार सम्मका २७५ कर्मचारीको सरुवा


९ आश्विन २०७८, शनिबार


काठमाडौँ । न्याय सेवाका २७५ कर्मचारीहरूको एकै पटक सरुवा भएको छ । न्याय सेवा आयोगको शुक्रवार बसेको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार लगायतको सरुवा गरेको हो ।

न्याय सेवा तालिम केन्द्रमा दरबन्दी रहेकी सहसचिव इन्दिरा दाहाल भट्टराईको राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । सरुवा हुनेमा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना रहेका छन् । यसै गरी सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना, न्याय समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका ९ जना, कानुन समूह राजपत्राङ्कित द्वितीय श्रेणीका १ जना सरुवामा परेका छन् ।

राजपत्राङ्कित द्वितीय श्रेणीकै सरकारी वकिलहरू ५५ जना, न्याय समूह राजपत्राङ्कित तृतीय श्रेणीका १०३ जना, कानुन समूहकै राजपत्राङ्कित तृतीय श्रेणीका ३४ जना र तृतीय श्रेणीकै सरकारी वकिल ५८ जना सरुवा भएका छन् । यस्तै २३६ जनाको पदस्थापन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस