साउदी अरबको ९१ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँमा कार्यक्रम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

साउदी अरबको ९१ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँमा कार्यक्रम


९ आश्विन २०७८, शनिबार


काठमाडौँ । काठमाडौँस्थित साउदी अरबको राजदूतावासले आफ्नो ९१ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँमा एक कार्यक्रम गरेको छ ।

समारोहमा ‘साउदी अरब भिजन २०३०’ को विषयमा जानकारी गराइएको थियो ।

भिजन २०३० साउदी अरबको अर्थतन्त्रमा तेलमाथि रहेको निर्भरतालाई कम, अर्थतन्त्रलाई विविधीकरण गर्ने, तेल बाहेकको अन्तर्राष्ट्रिय व्यापारलाई विस्तार गर्ने, शिक्षा, स्वास्थ्य, मनोरञ्जनसहितको क्षेत्र विकास गर्नेसहितका योजना रहेको छ ।

साउदी अरबको कुल निर्यातमध्ये ८५ प्रतिशत हिस्सा तेलले ओगट्छ । अर्थतन्त्रमा ४२ प्रतिशत योगदान पेट्रोलियम उत्पादनको छ ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले सन् २०१६ मा साउदी अरब भिजन २०३० अघि सारेका हुन् ।

हिजो (शुक्रबार) साँझ भएको समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख अतिथि रहेका थिए ।

समारोहमा सरकारका उच्चपदस्थ अधिकारीहरू, विभिन्न देशका राजदूत, व्यवसायी, राजनीतिक दलका नेताहरु, सांसद तथा विभिन्न सङ्घसंस्थामा सम्बन्ध व्यक्तिहरुको उपस्थित रहेको थियो ।

सन् १९३२ सेप्टेम्बर २३का दिन तत्कालीन राजाले नेज्द एन्ड हेजाजलाई साउदी अरब नामाकरण गरेको दिनको स्मरणमा प्रत्येक वर्ष राष्ट्रिय दिवस बनाउने गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस