कञ्चनपुरमा छ सय दुई जना बालबालिकामा कुपोषण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कञ्चनपुरमा छ सय दुई जना बालबालिकामा कुपोषण


९ आश्विन २०७८, शनिबार


कञ्चनपुर । कञ्चनपुरमा छ सय दुई जना कुपोषित बालबालिका भेटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले कुपोषित बालबालिकाको खोजीका लागि चलाइएको अभियानमा दुई महिनामा छ सय दुई जना कुपोषित बालबालिका फेला परेका हुन् ।

साउन र भदौमा चलाइएको दुई महिने अभियानमा ९५ जना बालबालिकामा कडा शीघ्र खालको कुपोषण र पाँच सय सात जना बालबालिकामा मध्यम शीघ्र खालको कुपोषण देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी पुनर्वास नगरपालिकामा एक सय नौ जना बालबालिकामा कुपोषण देखिएको छ । त्यस्तै सबैभन्दा कम भीमदत्त नगरपालिकामा १२ जनामा बालबालिका कुपोषित भेटिएका छन् ।

कडा खालको कुपोषण देखिएका बालबालिकाको पोषण पुनर्स्थापना गृहमा उपचार भइरहेको छ भने मध्यम खालको कुपोषण देखिएका बालबालिकाको कुपोषण बहिरङ्ग सेवामा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस