ईपीएलको चौथो संस्करण आजदेखि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ईपीएलको चौथो संस्करण आजदेखि


९ आश्विन २०७८, शनिबार


काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आज (शनिबार) देखि सुरु हुँदै छ ।

नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणको आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गर्न लागिएको हो ।

प्रतियोगिताका लागि सबै तयारी पूरा भैसकेको आयोजकले जनाएको छ । पिच, मैदानको आउटफिल्डदेखि बाउन्ड्री बाहिर डिजिटल बोर्डलगायत आकर्षक बनाइएको छ ।

ईपीएल प्रालीको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन् । सिङ्गल राउन्ड रोविनको खेलहरु भएपछि क्वालिफायर हुँदै फाइल हुनेछ ।

आजको उद्घाटन अर्थात् पहिलो खेल ललितपुर प्याट्रिओट्स र काठमाडौँ किंग्स-११ बीच हुँदै छ । खेल मध्याह्न १२ बजे सुरु हुनेछ । ललितपुर साबिक विजेता टोली हो ।

पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी पनि काठमाडौँबाट खेल्दै छन् । घरेलु क्रिकेटमा खेल्ने अफ्रिदी अहिलेसम्मकै ठुलो नाम हुन् ।

५० लाख पुरस्कार र ईपीएलको आकर्षक ट्रफीका लागि साबिक विजेता ललितपुर प्याट्रिओट्स सहित, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किंग्स ११, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस