एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


९ आश्विन २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) पनि बस्ने भएको छ ।

आजको बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएका तीन प्रतिवेदनमाथि भएका समूहगत छलफलका विषयहरु प्रस्तुत हुनेछन् ।

आज ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष समेटेर तीन वटै प्रस्ताव पारित गरिने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा हिजो(शुक्रबार)बाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः साङ्गठनिक र विधान संशोधन प्रस्ताव पेस गरेका छन् । एमालेले उक्त प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफलका लागि सात प्रदेश र एक जन वर्गीय सङ्गठन गरी आठ वटा समूह छुट्याइएको छ ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म सम्म ललितपुरको गोदावरीमा हुँदै छ भने राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरमा तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस