अधिकार र दायित्वप्रति जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख गुरुङ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अधिकार र दायित्वप्रति जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख गुरुङ


९ आश्विन २०७८, शनिबार


गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राज्यबाट प्राप्त अधिकार र दायित्वको बारेमा जिम्मेवार हुनुपर्ने बताएका छन् ।

बौद्ध अर्घौ सदन रामघाट पोखराको हिजो (शुक्रबार) सम्पन्न ४४औँ वार्षिक साधारणसभामा उनले हक अधिकारको माग एकै चोटि मागेर पूरा नहुने बताए ।

विभिन्न समुदायका व्यक्ति आफैँ अधिकारका बारेमा सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख गुरुङले दलीय सङ्गठनभित्र बसेर दलभित्र आफ्नो समुदायको बाहुल्य कायम गर्नेतर्फ सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिए ।

बौद्ध अर्घौ सदनले भावी पुस्तालाई प्रेरणा दिने कार्य गर्नुपर्ने बताउँदै उनले राजनीतिक क्षेत्रमा आफ्नो बाहुल्य कायम गर्नका लागि चेतनास्तरमा वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए।

बौद्ध अर्घौ सदनका अध्यक्ष मोहनसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हुमबहादुर गुरुङलगायतले अर्घौ सदनले गरेका गतिविधिसहित आवश्यकता एवं महत्त्वमाथि चर्चा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस