२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक करोड मात्रा खोप आउने सुनिश्चित

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले एक करोड मात्रा खोप आउने सुनिश्चित भएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसङ्ख्यामध्ये कम्तीमा आधा जनसङ्ख्यालाई एक मात्रा खोप लगाउने जानकारी दिए ।

उनले हालसम्म एक चौथाइ बढीले खोपको पूर्ण मात्रा पाइसकेको प्रस्ट पारे। अबको खोप अभियानका लागि एक करोड मात्रा खोप सुनिश्चित गरिएको समेत प्रधानमन्त्री देउवाले जानकारी दिए । उनले भने, ‘अबको हाम्रो ध्यान सक्रिय जनसङ्ख्याका रूपमा रहेको १२–१८ वर्ष उमेर समूहलाई खोप लगाउनेतर्फ केन्द्रित रहेको छ ।’

प्रधानमन्त्री देउवाले नेपालले स्वास्थ्य पूर्वाधारमा सुधार, अक्सिजन र अत्यावश्यक चिकित्सा सामग्रीको आपूर्ति र परीक्षण सुविधाको विस्तारमा केन्द्रित भएको सम्मेलनमा जानकारी गराए।

कोभिड महामारीको त्रासदी अहिलेको पुस्ताले सामना गर्नुपरेको औँल्याउँदै उनले पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै सुविधा विस्तारमा लागेको बताए। साथै कोभिडको जिन सिक्वेसिङ क्षमताको विकासमा पनि नेपाल अघि बढेको बताए ।

कोभिडबाट सुरक्षा प्रदान गर्ने शिक्षा जारी राखिएको भन्दै प्रधानमन्त्री देउवाले नेपाललाई सङ्कटको समयमा सहयोग गर्ने सबै साझेदारलाई धन्यवाद प्रकट गरे ।

विश्व स्वास्थ्य सुरक्षा कोष स्थापनाको समर्थन गर्दै र त्यसको सही परिचालनका लागिसमेत उनले आह्वान गरे । त्यस कोषमा विकसित साझेदारबाट नियमित सहायताका लागि प्रतिबद्धता आवश्यक रहेकोमा प्रधानमन्त्रीले जोड दिए।

अमेरिकी राष्ट्रपति बाइडेनको अध्यक्षतामा भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले आफ्ना अनुभव तथा दृष्टिकोण आदानप्रदान गरेका थिए ।