वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्छौं : प्रधानमन्त्री देउवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्छौं : प्रधानमन्त्री देउवा


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका छन्। बिहिबार हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधामन्त्री देउवाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यवसायीक र समृद्ध बनाउने कार्यमा लाग्‍न सरकार तयार रहेको बताएका छन्।

उनले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्‍चारमाध्यमहरु खोजमुलक र सत्यतथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको बताए। प्रधानमन्त्री देउवाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता र विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको समेत बताए।

उनले नेपाल टेलिभिजन सरकारको टेलिभिजन भएकोले विभिन्‍न सांस्कृतिक, ऐतिहासिक कार्यक्रमहरु सञ्‍चालन गर्नुपर्ने भन्दै उमेर समूहलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने बताए।

यस वर्षको हेम(सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु जिल्ला संवाददाता वासुदेव बर्माले पाएका छन्। बर्माको समाचारलाई यो वर्षको जोखिमपूर्ण समाचार मान्दै टेलिभिजनले पुरस्किृत गरेको हो। हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारप्राप्त गरेका बर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस