महासङ्घ नेपालले कार्यालय तोडफोड गर्नेलाई कारवाही गर्न माग गर्‍यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महासङ्घ नेपालले कार्यालय तोडफोड गर्नेलाई कारवाही गर्न माग गर्‍यो


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । पेशागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो ।

महासङ्घका संयोजक बाबुराम थापाले आज विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरे । उनले कार्यालयमा लगाइएको ताला खोल्न माग गरे । सो कदम ट्रेड युनियनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त विपरीत भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस