एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बीच प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुगेका थिए ।

सभामुख सापकोटाले बैठक सुचारु गर्नका लागि विपक्षी दलका सांसदलाई पटकपटकको आग्रह गर्दा पनि विपक्षीको अवरोध कायमै रहेका बेला बैठकको कार्यसूचीका विषय अगाडि बढाएका थिए ।

आजको बैठकमा ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ माथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।

Tags :
प्रतिक्रिया दिनुहोस