रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन


७ आश्विन २०७८, बिहिबार


रामेछाप । रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ ।

गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो ।

कोरोना परीक्षणको दर बढाउन वाग्मती प्रदेश सरकारको सहयोगमा उक्त मेसिन ल्याइएको थियो । मेसिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि यहाँका नागरिक काठमाडौँ, सिन्धुली, काभ्रेको धुलिखेललगायत ठाउँ धाउनुपर्ने बाध्यता छ । मेसिन थन्किँदासमेत सरोकारवाला बेखबर भएको मानवअधिकार संरक्षण सञ्जालका जिल्ला संयोजक पाण्डवप्रसाद प्रसाईंले बताए।

जिल्ला अस्पतालका निमित्त प्रमुख दीपेन्द्रनारायण श्रेष्ठ भने मेसिन सञ्चालनको तयारी भइरहेको बताउँछन्। ‘मेसिन मात्रै आएर हुँदैन, सञ्चालन गर्न संरचना र दक्ष जनशक्ति चाहिन्छ, त्यो अब पूरा हुँदै छ’, उनले भने, ‘चाँडै परीक्षण सेवा सुरु हुन्छ ।’ जिल्ला अस्पतालमा पीसीआर मेसिन राख्न र अक्सिजन प्लान्ट राख्न आवश्यक संरचना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ । तीन हजार १२१ जना सङ्क्रमित भएकामा तीन हजार ८० सङ्क्रमणमुक्त भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस