नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो ।

केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बैठक दुई दिनसम्म चल्ने कार्यालय सचिव तामाङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस