वडाध्यक्षमाथि हातपात भएको भन्दै पौडेल समूह प्रतिकारमा ,धर्ना दिने तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वडाध्यक्षमाथि हातपात भएको भन्दै पौडेल समूह प्रतिकारमा ,धर्ना दिने तयारी


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेकाहरूलाई मन्त्रीले हातपात गरेको भन्दै संस्थापन इतर समूह प्रतिकारमा उत्रिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालयमा धर्ना दिने तयारी गरेको छ ।

काँग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा विरोध प्रदर्शन गर्न लागिएको हो । सिंहका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला लगायतका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिने भएका हुन् ।

मंगलबार प्रदेश–२ का युवा तथा खेलकुद र महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही जिल्ला बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई हातपात गरेको भन्दै विरोध जनाइएको हो ।

उनीहरु बिच क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद भएको थियो । पार्टी कार्यालय सानेपामा भएको त्यो विवादबारे करिब दुई मिनेट लामो भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

भिडियोमा दुई जनाबीच भनाभन भएको देखिन्छ । त्यतिकैमा धेर जना कराएको आवाज सुनिन्छ –त्यसपछि गालिगलौज सुरु हुन्छ । गालिगलौजपछि धकेलाधकेल भएको दृश्य भिडियोमा देखिन्छ । यसरी विवाद प्रदेश मन्त्री र वडाध्यक्षबिच भएको थियो । वडाध्यक्ष महतोले मन्त्रीसँगको भनाभनमा धकेलाधकेल भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस