नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई चिनियाँ र अमेरिकी राजदूतको बधाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई चिनियाँ र अमेरिकी राजदूतको बधाई


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ। नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चीन र अमेरिकी राजदूतले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले बधाई दिएका हुन् ।

चीन र नेपालको सम्बन्धलाई थप प्रगाढ बनाउन परराष्ट्रमन्त्री खड्कासँग मिलेर काम गर्ने चाहना राजदूत यान्छीले व्यक्त गरेकी छन् ।

अमेरिकी राजदूत बेरीले चाहिँ जलवायु परिवर्तन, कोभिड(१९ महामारी र लोकतन्त्रको संरक्षणका लागि अमेरिकाले परराष्ट्रमन्त्रीसँग मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले हिजै (बुधबार) बधाई दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस