सुनको मूल्य रु पाँच सयले घट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य रु पाँच सयले घट्यो


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ ।

बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुन बुधबार प्रतितोला रु ८९ हजार ६५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला रु १० ले घटेको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस