नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज (बिहीबार) बस्दै छ ।

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बताइएको छ ।

काँग्रेस नेता गोपालमान श्रेष्ठका अनुसार महाधिवेशन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

पौडेल समूहका एक नेताका अनुसार आजको बैठकमा पौडेल समूहले आफूहरूले पाउने मन्त्रालयको सङ्ख्या माग गर्ने, भागबन्डा टुङ्गो लगाउन दबाब दिने तयारी गरेको छ ।

काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले हिजो (बुधबार) पनि छलफल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस