सत्ता गठबन्धनको बैठक आज पनि बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज (बिहीबार) पनि बस्दै छ ।

यसअघि हिजो (बुधबार) बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि गठबन्धनको बैठक बस्न लागेको हा । बैठक अपराह्न बस्ने तयारी भएको छ ।

सरकार गठन भएको दुई महिनाभन्दा बढी समय भइसक्दा पनि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

आजको बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेता सहभागी हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस