मन्त्रालयको भागबन्डा नमिलेपछि बिना निष्कर्ष सकियो सत्ता गठबन्धन बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रालयको भागबन्डा नमिलेपछि बिना निष्कर्ष सकियो सत्ता गठबन्धन बैठक


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । मन्त्रालयको भाजवण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार(आज) साँझ बसेको बैठक बिना निर्णय भोलि बस्‍नेगरी सकिएको हो ।

करिब दुई घण्टा बसेको बैठकमा मन्त्रालयको भागबन्डा मिलाउने अथक प्रयास गरिए पनि आ–आफ्ना अडानबाट सत्तारुढ दलका नेताहरू पछि नहटेपछि सहमति हुन नसकेको सहभागी एक नेताले प्रशासनलाई बताए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ , नेपाली काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी रहेका थिए ।

प्रधानमन्त्री नियुक्त भएको महिनौँ भइसक्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना खेपी रहेका देउवाले आजै मात्र परराष्ट्र मन्त्रीमा नारायण खड्कालाई नियुक्त गरेपछि ७ सदस्यीय बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस