जातीय छुवाछुत गरेको आरोप लागेकी घरबेटी प्रधान धरौटीमा रिहा « प्रशासन
Logo १० कार्तिक २०७८, बुधबार
   

जातीय छुवाछुत गरेको आरोप लागेकी घरबेटी प्रधान धरौटीमा रिहा


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आज रु एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए । जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधानले आजै उक्त रकम बुझाएर घर फर्केका हुन् ।

सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा प्रधानविरुद्ध मुद्दा दायर गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस