सुर्खेतमा पेट्रोल छर्केर वडाध्यक्षको कार्यकक्षमा आगजनी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुर्खेतमा पेट्रोल छर्केर वडाध्यक्षको कार्यकक्षमा आगजनी


६ आश्विन २०७८, बुधबार


सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् ।

प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् । आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले बताए ।

उनी बुधार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन राजधानी आएको समयमा आगजनी भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस