ललिता निवासको जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको गच्छदारको दाबी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ललिता निवासको जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको गच्छदारको दाबी


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुटा मुद्दा लगाएको बताए ।

आफूविरुद्ध षड्यन्त्र भएको पनि गच्छदारले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि सरकारको छायाँको रुपमा काम गर्दा निष्पक्ष र स्वतन्त्र हुन नसकेको नेता उनको भनाइ छ ।

ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको उनको भनाई छ । भने, ‘मैले व्यक्तिगत रुपमा लाभ लिएर नेपाल सरकारलाई हानी पुर्याएको छैन् ।’

उनले अख्तियारले छानीछानी मुद्दा चलाउने काम गरेको समेत आरोप लगाएका छन् । उनले भने,‘उन्मुक्ति दिनु नपर्नेलाई उन्मुक्ति दिएको छ, राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस