गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्दै


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो रणनीतिबारे धारणा सार्वजनिक गर्दै छन् ।

आज (बुधबार) दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्मेलन गरेर गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्न लागेको नेता योगेन्द्र चौधरीले जानकारी दिए ।

‘मलाई गुमनाम भयो भन्ने छ । आज मैले मेरो धारणा सार्वजनिक गर्दै छु भन्नुभएको छ । उहाँले आफ्नो आगामी रणनीति सार्वजनिक गर्दै हुनुहुन्छ,’ उनी निकट नेता चौधरीले भने ।

०७४ को आम चुनावअघि फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा समाहित गराएका गच्छदार पछिल्लो समय गुमनाम जस्तै थिए । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि गच्छदार सार्वजनिक कार्यक्रममा पनि खासै देखिने गरेका थिएनन् । पार्टीको बैठकमा सहभागी भए पनि उनको संसद् पद निलम्बन छ ।

उक्त मुद्दामा असार ३० गते गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए । १४ औँ महाधिवेशनमा गच्छदार उपसभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस