नेकपा माओवादीले बोलायो स्थायी कमिटी बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा माओवादीले बोलायो स्थायी कमिटी बैठक


६ आश्विन २०७८, बुधबार


काठमाडौँ। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन् ।

आज (बुधवार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुङ्ग्याउने तयारी छ ।

यसअघि, पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिका बारेमा निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइए पनि स्थायी कमिटी बैठकमा छलफल गरेरै टुङ्गोमा पुग्न लागिएको हो । मन्त्रीको नाम टुङ्ग्याएर आजै सरकारमा पठाउने आन्तरिक तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस