सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता रद्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता रद्द


६ आश्विन २०७८, बुधबार


काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको महासभा बैठकको क्रममा यो वर्ष दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता नहुने भएको छ ।

वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने भएको हो । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भए पनि अहिलेलाई रुद्ध गरिएको आयोजक मुलुक नेपालले अन्य मुलुकलाई जानकारी गराएको छ ।

काठमाडौँस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रुद्ध गरिएको जानकारी गराइसकेको स्रोतले बतायो । हरेक वर्ष हुने सो बैठकमा सार्कमा विद्यमान चुनौती र सहकार्यमा केन्द्रित हुने गरेको थियो । यस अगाडि भारत र पाकिस्तानको तनावको कारण कमजोर बनेको सार्कमा अब अफगानिस्तानको समस्या पनि थपिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस