एकीकृत समाजवादीको बैठक आज पनि बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकीकृत समाजवादीको बैठक आज पनि बस्दै


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दै छ ।

हिजो (मंगलबार) बाट बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा प्रस्तुत ५ वटा प्रस्तावमाथि छलफल हुँदै छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाका अनुसार गत सोमबारको बैठकमा राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटी विस्तार, अस्थायी कार्ययोजना, चुनाव चिह्न प्रस्ताव र समसामयिक प्रस्ताव पेस गरिएको छ ।

अध्यक्ष माधव नेपालद्वारा उक्त प्रस्तावमाथि ५ वटा समूहमा आज (बुधबार) छलफल हुने बताएका छन् ।

उनले भने, ‘अध्यक्ष कमरेडले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिन्छ । पाँच वट समूहमा छलफल गरेर आजै बैठक सम्पन्न गर्ने तयारी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस