२४ घण्टामा थप १३३० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा थप १३३० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

त्यसैगरी आज मंगलबार १ हजार ८३० जना कोरोना संक्रमित निको भएका छन् । यो संगै नेपालमा हाल सम्म ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस