चरेस ओसारपसार गर्ने ९ जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चरेस ओसारपसार गर्ने ९ जना पक्राउ


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार पसार गर्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको व्यूरोले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस