विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए ।

त्यसअघि बैठकमा नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाए । उनले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाए । राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस