अक्सिजन प्लान्ट अभियानमा रु एक करोड सङ्कलन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अक्सिजन प्लान्ट अभियानमा रु एक करोड सङ्कलन


५ आश्विन २०७८, मंगलबार


तम्घास । नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीद्वारा सञ्चालित अक्सिजन अभियानमा रु एक करोड चार लाख १९ हजार ९८५ सङ्कलन भएको छ ।

सङ्कलित केही नगद र अक्सिजन खरिद गरी जिल्ला अस्पताललाई प्रदान गरिएको अभियानका लेखा संयोजक रेशम कुँवरले जानकारी दिए ।

सो अभियान गत वैशाख ६ देखि जेठ १० गतेसम्म सञ्चालन गरिएको थियो । यसमा मुख्य २४ अभियान्ता सक्रिय रहेका थिए भने ७०२ जनाले सहयोग गरेको अक्सिजन अभियानका संयोजक जनार्दन घिमिरेले जानकारी दिए । अभियानपछि ‘अक्सिजन प्लान्ट अभियान’ मा रुपान्तरण गरिएको थियो ।

अभियानको आय–व्यय पहिले नै सार्वजनिक गर्न प्रयास गरे पनि विभिन्न माध्यमबाट प्राप्त रकम महासङ्घको खातामा आए/नआएको प्रमाणीकरण गर्न समय लागेकाले ढिलाइ भएको महासङ्घले जनाएको छ ।

साथै अक्सिजन प्लान्ट अभियानमा सहयोग गर्ने सबै सहयोगदाताको नामावलीसहितको विवरण कार्यालयमा टाँस गर्ने पनि निर्णय गरिएको महासङ्घका जिल्ला अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए । सिलिन्डर मौज्दात राखिएको जनाइएको छ ।

अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सङ्घीय सरकारले रु एक करोड विनियोजन गरेको छ । निर्माणाधीन प्लान्ट दसैँ अगाडि सञ्चालनको तयारी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस