चिकित्सा शिक्षा आयोगले निकालेको पहिलो म्याचिङ सूचीमा गडबडी देखिएपछि अर्को सूची सार्वजनिक « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

चिकित्सा शिक्षा आयोगले निकालेको पहिलो म्याचिङ सूचीमा गडबडी देखिएपछि अर्को सूची सार्वजनिक


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले पूर्व मनोनयनका लागि यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ सूचीमा गडबडी देखिएपछि पुनः अर्को सूची निकालेको छ ।

आयोगले २८ भदौमा प्रकाशित गरेको पूर्व मनोनयनको लागि प्रकाशित गरेको म्याचिङ सूचीमा गडबडी देखिएको हो । आयोगले ४ असोजमा सूचना प्रकाशित गर्दै ५ देखि ७ असोजभित्र पूर्व मनोनयनमा परेका विद्यार्थीले स्वीकार गर्ने वा नगर्ने जानकारी दिन अनुरोध गरेको छ ।

एक साताअघि निकालेको सूचनामा विएस्सी नर्सिङ, विएन लगायतका केही विषयका सूची र केही विदेशी कोटाको र्‍याङ्कमा गडबडी देखिएपछि नयाँ सूची प्रकाशित गरेको आयोगले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस